मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर २ मंगलबार ११:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनाङमा हिमपातका कारण अलपत्र परेका पर्यटककाे सशस्त्र प्रहरीद्वारा उद्धार

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २ मंगलबार ११:४८:००

हिमपातका कारण बाटो अवरुद्ध भएपछि मनाङतर्फ हिँडेका पर्यटक आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् । 

पोखराबाट तिलिचो घुम्न गएका सातजना आन्तरिक पर्यटक र भारतको मुम्बईबाट तिलिचो पुगेर फर्केका कृष्ण क्षेत्रीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । 

तिहारको बिदामा तिलिचो ताल घुम्न आएका आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरीले  खाङ्साबाट उद्धार गरेको हो  । सशस्त्र प्रहरी मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले आइतबारसम्म मौसम सफा भएर पर्यटक घुम्न निस्किए पनि सोमबार एक्कासि हिमपात भएपछि तिलिचो पुग्ने पर्यटक बीचबाटोबाट नै फर्किएका छन् । 

डिएसपी पन्थीले सोमबार पौने १० बजे राति खाङ्साबाट हिमपातका कारण अलपत्र परेका पर्यटकलाई उद्धार गरेको जानकारी दिए । 

यस्तै सशस्त्रले तिलिचो जान निस्केका १५ जना पर्यटकलाई हिमपात भएकाले तिलिचो नजान अनुरोध गरी ढिकुरपोखरीबाट फर्काएको छ । 

तिलिचो पुगेर फर्केका कृष्ण क्षेत्रीले बेसक्याम्पबाट सशस्त्र प्रहरीले उद्धार गरेको बताए । 
उनले समयमा नै उद्धार हुन सकेकाले जोगिएको बताए । 

मनाङको मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमि गाउँपालिकाका गाउँबस्तीमा  धेरै मात्रामा हिउँ परेको छ । 

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने हुम्डे, मनाङ, ङावल, खाङ्सार, घ्यारुलगायतका ठाउँमा हिउँ परेको छ । 

यस्तै माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भएको  छ ।

दुई हजार आठ सय मिटरदेखि माथिका क्षेत्रमा हिउँ परेको छ । 

गत वर्ष भने मनाङमा मंसिर २७ गतेबाट हिउँ पर्न थालेको थियो । 

यस वर्ष अलि चाँडैदेखि नै हिउँ पर्न थालेपछि चिसो बढेर मनाङको तापक्रम माइनस आठ डिग्री सेल्सियससम्म पुगेको छ ।