मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस दार्चुला
२०७७ मङ्सिर १ सोमबार १४:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाबाट दार्चुलामा एकको निधन

Read Time : < 1 मिनेट
रासस दार्चुला
२०७७ मङ्सिर १ सोमबार १४:४४:००

कोरोनाबाट दार्चुलामा एकजनाको निधन भएकाे छ । सास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा दुहु गाउँपालिका– २ का ३० वर्षीय युवाकाे बाटोमै मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

उनलाई दुई दिन अघिदेखि सास फेर्न गाह्रो भएको थियो । नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत उनको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको सतबाजमा मृत्यु भएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब संकलन गरी कोरोना परीक्षण गर्दा उनको कोरोना पजिटिभ देखिएको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले जानकारी दिए ।

जिल्ला अस्पतालको आकस्मिक र प्रसुति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ । ती युवाको उपचारमा खटिएका अस्पतालका कर्मचारीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले आजदेखि आकस्मिकबाहकेका सबै सेवा बन्द गरिएको अस्पतालका डा गजेन्द्र दुवालले बताए ।

अस्पतालले आकस्मिक र प्रसुति सेवाबाहेकका अन्य सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।