Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १ सोमबार १३:३८:००
बाजुराकाे बडिमालिका नगरपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बडिमालिका नगरपालिका– ९ का शेरबहादुर बडुवाल रहेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार आइतबार राति १० बजे अत्यधिक मदिरा सेवन गरी राप्कबजारबाट घर जान हिँडेका उनी भिरबाट लडेका हुन् ।
सोमबार बिहान बाटोमा शेरबहादुरका सामान, मोबाइल, झोला र टोपी फेला परेपछि उनको खोजी भएको थियो । भिरमा खोज्ने क्रममा उनी मृत अवस्थामा फेला परेका थिए।






















