मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर १ सोमबार १३:०६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

अमेरिकामा कोरोना संक्रमित एक करोड एक लाख नाघे, विभिन्न राज्यद्वारा नियन्त्रणका नयाँ योजना घोषणा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर १ सोमबार १३:०६:००

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक करोड एक लाख नाघेको छ । संक्रमितको संख्या एक करोड नाघेसँगै विभिन्न राज्यले रोग नियन्त्रणका लागि नयाँ योजना र प्रयासहरू सुरु गरेका छन् । पछिल्लो एक सातामा मात्रै अमेरिकामा १० लाख संक्रमित थपिएका हुन् । 

वासिंगटनसहितका केही राज्यले कोरोना रोकथामका लागि थप नयाँ उपाय सुरु गरिसकेको जनाएका छन् । मिसिगनका गभर्नर ग्रेचेन ह्विटरमरले आइतबारदेखि हाइस्कुल र कलेजहरू बन्द गर्न, रेस्टुरेन्टमा बसेर खान नपाइने र खेलकुदका क्रियाकलाप रोक्न निर्देशन दिएका छन् । निर्देशनसँगै कतिपय मनोरञ्जनात्मक गतिविधि रोकिएका छन् भने सामूहिक व्यायाम कक्षा पनि प्रभावित भएको छ । यसअघि वासिंगटनका गर्भनर जे. इन्स्लीले व्यवसाय तथा भिडभाड हुने गरी सामाजिक भेटघाट बन्द गर्न निर्देशन दिएका थिए ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा आइतबारसम्ममा एक करोड एक लाखमा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा पहिलोपटक कोरोना संक्रमित गत २० जनवरीमा फेला परेका थिए । पहिलो संक्रमित फेला परेको करिब तीन सय दिनमा एक करोड एक लाख पुगेको हो ।