Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २८ शुक्रबार ०५:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तिहार तथा छठको अवसरमा टेलिकमको छुट अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २८ शुक्रबार ०५:२१:००

नेपाल टेलिकमले यो तिहार, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरू पनि उपलब्ध गराउने भएको छ । कम्पनीले फेस्टिबल अफरका रूपमा दसैँको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिँदै थप छुट दिने योजना ल्याएको हो ।

 कम्पनीले दसैँमा उपलब्ध गराएको २० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म रिचार्ज गर्दा दिँदै आएको ५ मिनेटदेखि १ सय मिनेटसम्मको बोनस कायम गरेको जनाएको छ । त्यस्तै, अटम अफरमा कम्पनीले ७ दिनका लागि प्रतिदिन १ सय मिनेट तथा २८ दिनका लागि प्रतिदिन १ सय मिनेट इको भ्वाइस प्याक ल्याएको जनाएको छ । यसको मूल्य ९५ र ३ सय ७५ रुपैयाँ तोकेको जनाइएको छ ।

कम्पनीले प्रतिदिन १ जिबी डाटासहितको भ्वाइस कल सात दिनका लागि ९५ रुपैयाँ र २८ दिनका लागि ३ सय ७५ रुपैयाँमा ल्याएको जनाएको छ । कम्पनीले लार्ज सोसियल मिडिया प्याकमा पनि विभिन्न छुट दिएको  जनाएको छ । अफरहरू २८ कात्तिकदेखि ५ मंसिरसम्म उपलब्ध हुने जनाइएको छ ।