मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ कार्तिक २८ शुक्रबार ०९:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ कार्तिक २८ शुक्रबार ०९:१०:००

कालिकोटमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका– ११ चौखोलाबाट बिरामी बोकेर आएको एम्बुलेन्स खाँडाचक्र नगरपालिका– ८ को सेरावाडामा  बिहीबार राति दुर्घटना भएको हो । 

पृथ्वी रक्तदान वीर फाउन्डेसनद्वारा सञ्चालित एम्बुलेन्स जिल्ला अस्पतालमा आउँदै गर्दा सेराबाडामा दुर्घटना हुँदा चालक खगेन्द्र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

कर्णाली प्रदेश ०२००१ च ०१९२ नम्बरको एम्बुलेन्समा पूर्ण रूपमा क्षति भएको र कर्णाली राजमार्गको सेरावाडामा साँघुरो मोडमा गाडीले सडकको लिक छोडर जानै लाग्दा चालकले ब्रेक लगाएपछि बिरामी र बिरामीका आफन्त बाहिर निस्किएर बाँच्न सफल भएकोे स्थानीय वीरबहादुर मल्लले जानकारी दिए । 

एम्बुलेन्स सडकभन्दा करिब तीन सय मिटर तल तिला नदीमा खसेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।