Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
निरञ्जन मैनाली
२०७५ माघ २४ बिहीबार ०७:१८:००
Read Time : < 1 मिनेट
ब्लग

मैनालीको लेखले भावुक बनायो

Read Time : < 1 मिनेट
निरञ्जन मैनाली
२०७५ माघ २४ बिहीबार ०७:१८:००

२२ माघको नयाँ पत्रिकामा प्रकाशित सुजित मैनालीको लेखले भावुक बनायो । हिन्दू समाजमा छुवाछुत प्रथाको इतिहास हजारौँ वर्षदेखि चलिआएको विषय हो । अहिलेको आधुनिक युगमा मानिस शिक्षित हुँदै गएका छन् । धेरै कुरा बुझेका छन् । तैपनि, हाम्रो समाजमा दलित समुदायका मानिसलाई सहरमा समेत डेरा पाउन कठिन छ । 

दलितको श्रम चल्ने, पानी नचल्ने, उनीहरूले चलाएका होटेल नचल्ने, उनीहरूले पालेका गाईवस्तुको दूधसमेत नचल्ने अवस्था अझै पनि हाम्रो समाजमा देख्न, भेट्न सकिन्छ । दूरदराजका गाउँबस्तीको त कुरै नगरौँ, देशकै राजधानी सहरमा समेत अझै छुवाछुतका अवशेष बाँकी छन् । यो गम्भीर चिन्ताको विषय हो । 

हाम्रो देशका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आमजनसमुदायले दलितमाथि किन पशुवत् व्यवहार हुँदै आयो, समाजले त्यसलाई किन प्रश्रय दियो भन्ने विषयमा गम्भीरतापूर्वक मनन गरी छुवाछुतजस्तो अमानवीय विकृतिलाई जरैदेखि उखेलेर फ्याँक्न आजैदेखि कम्मर कसेर लाग्नुपर्छ । दलितलाई सरकारले समेत सामाजिक न्याय दिन सकेको छैन । त्यसैले, यथाशीघ्र छुवाछुत अन्त्यका लागि सबै मिलेर बनिसकेको कानुन कार्यान्वयनमा दृढतापूर्वक अघि बढियोस् । 

निरञ्जन मैनाली, कोल्हवी–२, निकास, बारा
हाल : काठमाडौं