मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २७ बिहीबार ११:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानको सर्वाेच्चता तथा विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिरहन्छु : वामदेव गौतम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २७ बिहीबार ११:०७:००

नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू संविधानको सर्वाेच्चता तथा विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिरहने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय सभा सदस्य पदमा उनको मनोनयन र शपथलगत्तै अधिवक्ताहरूले  संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा दायर गरेको रिट सर्वाेच्च अदालतले बुधबार खारेज गरेसँगै उनले सामाजिक सञ्जालमार्फत  यस्तो अभिव्यक्ति दिएका हुन् । 

यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको नभई पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको वेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्ति क्रियाशील भएको आरोप लगाए । 

उनले शुभेच्छा र सदभाव प्रकट गर्ने र आफ्नो  पक्षमा बहस गर्ने कानुन व्यवसायीहरूलाई धन्यवाद दिएका छन् ।