मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार ०५:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर जारी गर्ने प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार ०५:४०:००

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारणसभाले कुल जारी पुँजीको ३० प्रतिशतले हुन आउने ६६ लाख कित्ता सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । 

साधारणसभामा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले आव ०७५/७६ मा प्रथम बिमाशुल्क तथा नवीकरण शुल्क गरी १ अर्ब १ करोड ७५ लाख रुपैयाँ संकलन भएको जानकारी दिएका थिए । उनले ६९ करोड २४ लाख रुपैयाँको जीवन बिमाकोषसमेत खडा गरेको बताए ।

सम्भावित जोखिमको मूल्यांकन तथा व्यवस्थापन गर्दै कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरेको र यसको औसत प्रतिफल १०.५० प्रतिशत रहेको अध्यक्ष शर्माको भनाइ थियो । यस आर्थिक वर्षमा कम्पनीले १८ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बताए । 

कम्पनीका कार्यकारी प्रमुख प्रकाशविक्रम खत्रीले १ सय १७ शाखा तथा उपशाखासहित देशको ७२ जिल्लामा  आफ्नो व्यावसायिक उपस्थिति रहेको जानकारी दिए । आव ०७५/७६ मा कम्पनीले १० करोड ७८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरी कम्पनीको प्रतिसेयर मूल्य १२०.७९ रुपैयाँ पुगेको उनको भनाइ थियो । सुरक्षाका लागि सेयरधनीलाई जुमबाट पनि सहभागी हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।