मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार १२ शनिबार
  • Saturday, 26 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार ०५:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन लाइफ इन्स्योरेन्सका कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरको तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार ०५:४१:००

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी र अभिकर्ताका लागि जुम एपमार्फत ‘क्यारिअर विकास र एमडिआरटी (मिलियन डलर राउन्ड टेबल)’ तालिम सम्पन्न गरेको छ । सिटिजन लिडरहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकलाई दिइने सेवालाई स्तरीय बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । 
तालिममा ४ सयभन्दा बढी सक्रिय सिटिजन लिडरको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको सुरुवात गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले तालिमको आवश्यकता, एजेन्सी क्यारिअर तथा फाइदालगायतका विषयमा प्रकाश पारेको कम्पनीले जनाएको छ । कार्यक्रमका मुख्य तथा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले अभिकर्ताले सामना गरिरहेका चुनौती, तिनका समाधान, नयाँ अन्तरदृष्टि र कोभिड महामारीको स्थितिमा व्यवसाय गर्ने तरिका साथै ‘एमडिआरटी’ लक्ष्य सजिलै हासिल गर्ने तरिकाका बारेमा प्रकाश पारेको कम्पनीले जनाएको छ । तालिममा योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुनुपर्ने गुणका बारेमा पनि मुख्य प्रशिक्षकले प्रकाश पारेको जनाइएको छ । 

तालिम समापन गर्दै इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालले एजेन्सी पेसालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताएको जनाइएको छ । उनले ‘एमडिआरटी’ जस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पु¥याउने बताएको कम्पनीले जनाएको छ ।