१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २४ बिहीबार ०६:५७:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुर अस्पतालमा रेट्रोफिटिङ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २४ बिहीबार ०६:५७:००

१२ वैशाख ०७२ को भूकम्पले क्षति पुर्‍याएको भक्तपुर अस्पतालमा बेलायती सहयोग नियोग (डिएफआइडी)को सहयोगमा रेट्रोफिटिङ हुने भएको छ । अस्पतालमा रेट्रोफिटिङ गरी दुई तलाको नयाँ भवन बनाउने सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।

अस्पतालकी प्रमुख डा. सुधा देवकोटाका अनुसार नयाँ भवन र रेट्रोफिटिङका लागि २३ करोड रुपैयाँ डिएफआइडीले सहयोग गर्नेछ । भक्तपुर अस्पतालको सेवा–सुविधालाई थप सहज बनाउन डिएफआइडीले दुई तलाको अत्याधुनिक भवनसमेत बनाइदिने भएको छ । सेवालाई थप व्यवस्थित र मर्यादित बनाउन छुट्टै भवन बनाउन लागेको देवकोटाले बताइन् । उक्त भवनमा अप्रेसन थिएटर, आइसियु र आमा सुरक्षा कार्यक्रम सञ्चालन हुनेछ ।