१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक २६ बुधबार १५:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक लाख रुपैयाँसहित वीरेन्द्रनगरमा सातजना जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २६ बुधबार १५:३७:००

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर– ३, स्थित ऐरिचोकनजिकै एक होटेलमा जुवातास लेखिरहेको सातजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ एक लाख तीन हजार पाँच सय ३५ रुपैयाँसहित उनीहरूलाई शक्तिराम रोकायले सञ्चालन गरेको तीनलोने होटेलबाट प्रहरीले पक्राउ गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका–३, बस्ने ४२ वर्षीय चक्र शाही, ४० वर्षीय जीवन शाही, ३० वर्षीय तपेन्द्र शाही, नवीन शाही, ३३ वर्षीय बन्जिर शाही, ४३ वर्षीय गणेश शाही, ४६ वर्षीय कठकबहादुर शाही र ३९ वर्षीय निमबहादुर शाहीलाई नगद रुपैयाँसहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद भट्टले बताए ।