मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ कार्तिक २६ बुधबार १४:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली संखुवासभामा : किमाथांका नाका र बिओपीको अनुगमन

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ कार्तिक २६ बुधबार १४:१२:००

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार (आज) संखुवासभा आएका छन् । 

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकाेप्टरबाट संखुवासभा आई चीनसँग सिमाना जोडिएको किमाथांका नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिंकको रूपमा रहेको उत्तर–दक्षिण कोसी सडक आयोजनाको कोसी कोरिडोर र सीमा सुरक्षा पोस्ट (बिओपी)को अनुगमन गरेका हुन् । 

प्रधानमन्त्री ओलीले किमाथांकामा करिब दुई घन्टा बिताएका थिए । 

त्यसपछि प्रधानमन्त्री ओली सोही हेलिकाेप्टरबाट नौ सय वाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थल फ्याक्सिन्दा पुगे । 

फ्यासिक्दामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने र अरुण तेस्रो प्रगतिबारे जानकारी लिने कार्यक्रम रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । 

प्रधानमन्त्रीले चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका– १ मा पर्ने किमाथांका नाकाको अवलोकन, करिब एक वर्षअगाडि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बिओपी)को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायतको अवलोकन गरेका थिए ।