Read Time : < 1 मिनेट
२०७७ कार्तिक २६ बुधबार १२:०८:००
बझाङकाे जिल्ला कारागारबाट एकजना कैदी फरार भएका छन् । बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका- ५ का प्रवीण धामी फरार भएका हुन् ।
राष्ट्रिय सार्वजनिक सम्पदाविरुद्धको कसुरमा सजाय भोगिरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेसन कक्षबाट फरार भएकाे बझाङ कारागारका जेलर झलक रोकायाले जानकारी दिए ।
धामीलाई कोरोना पजिटिभ देखिएकाेले कारागारको आइसोलेसन कक्षमा राखिएको थियो । उनी १८ कात्तिकमा पक्राउ परेका थिए ।