Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एपी
२०७७ कार्तिक २५ मंगलबार १६:११:००
Read Time : < 1 मिनेट
विश्व

अर्मेनिया र अजरबैजानबीच जारी युद्ध अन्त्य गर्ने सम्झौता

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ कार्तिक २५ मंगलबार १६:११:००

नागोर्नो–काराबाखमा जारी युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानबीच सम्झौता भएको छ । रुसको रोहवरमा मंगलबार दुई देशले युद्ध अन्त्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

योसँगै यस क्षेत्रमा झन्डै दुई हजार शान्ति सैनिक खटिएका छन् । सन् १९९४ देखि अर्मेनियाको आदिवासी समुदायको नियन्त्रणमा रहेको यस क्षेत्रलाई दुवै देशले आफ्नो क्षेत्रको रूपमा दाबी गर्दै आएका छन् । यसैकारण दुई देशबीचमा भएको भिडन्तका क्रममा अहिलेसम्म तीस हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो समय गत २७ सेप्टेम्बरदेखि फेरि युद्ध चर्किएको थियो । यस क्षेत्रमा वेलावेलामा शान्त हुने र वेलावेलामा युद्ध चर्किँदै आएको छ । दुई देशबीच भएको सम्झौता मंगलबारदेखि नै कार्यान्वयनमा आएकाे छ । 

अर्मेनियाका प्रधानमन्त्री निकोल पसिनियानले सामाजिक सञ्जाल फेसबुकमार्फत लडाई सधैँका लागि अन्त्य गर्न आह्वान गरेका छन् ।   उनले लेखेका छन्, ‘यो लडाइँ भइरहँदा आफूलाई व्यक्तिगत रूपमा र आमनागरिकलाई अत्यन्त पीडा भइरहेको छ । त्यसैले यो अब सधैँका लागि अन्त्य गर्नुपर्छ ।’ 

अजरबैजान र अर्मिनियाबीच पछिल्लो ६ सातादेखि युद्ध चलेको थियो । विवादित नगोर्नो काराबाख क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ, तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मिनियाको जातीय समूहको नियन्त्रणमा छ ।

नयाँ सम्झौताअनुसार युद्धका क्रममा आफ्नो नियन्त्रणमा लिन सफल नगोर्नो काराबाख क्षेत्रको केही स्थान अजरबैजानले नै प्राप्त गर्ने भएको छ । त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत फिर्ता हुन अर्मिनियाले सहमति जनाएको छ । युद्धका क्रममा अजरबैजानले रुसको सैन्य हेलिकोप्टर खसालेको पनि स्वीकार गरेको छ । उक्त आक्रमणमा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए ।