१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २५ मंगलबार ०७:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघीय समितिमा राणा पुन: निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २५ मंगलबार ०७:५९:००

महिलाविरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने महासन्धि कार्यान्वयनको अनुगमन गर्ने विज्ञहरू संलग्न समिति (सिड) मा नेपालका उम्मेदवार बन्दना राणा पुन: निर्वाचित भएकी छिन् ।

स्वतन्त्र विज्ञका हैसियतमा आगामी २०२१/२०२४ अवधिका लागि  राणा दोस्रोपटक समितिमा निर्वाचित भएकी हुन् । मानवअधिकार परिषदमा पुन: निर्वाचित भएको एक महिनाभित्रै नेपाललाई कूटनीतिक सफलता मिलेको छ ।

निर्वाचनमा संसारभरका १९ प्रतिस्पर्धीमध्ये १६ लाई पछि पार्दै कुल एक सय ३७ मत प्राप्त गरी तेस्रो स्थानमा राणा विजयी भएको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । राणा हाल पनि सिडमा सदस्य छिन् ।