१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २४ सोमबार ११:२९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तिहार नजिक आएसँगै भक्तपुरका कुमालेलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २४ सोमबार ११:२९:००

दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि माटाका अन्य भाँडाहरू बनाउन यतिवेला भक्तपुरका प्रजापतिहरूलाई भ्याइनभ्याई छ । 

तर, यस वर्ष कोभिडको कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो नपाउने समस्याले पेसा नै लोप हुने चिन्तामा प्रजापतिहरू छन् । 

दीपावलीको समय नजिकिँदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पालासहित माटाका भाँडा बनाउन भ्याइनभ्याई भएको हो । 

अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ । 
तर, यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताए । 

उनले गत वर्ष दैनिक तीन–चार हजारको संख्यामा बिक्री हुने गरेकोमा अहिले आधाभन्दा कम मात्रै बिक्री हुने गरेको बताए । 
तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुकेलगायतका सामानको माग पनि बढी नै हुने गर्छ । 

तर, यसपटक कोभिडका कारण माग घटेको छ । माटाको भाँडाको माग घटेकोभन्दा पनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताए । 

भक्तपुरका अधिकांश क्षेत्रमा घना बस्ती बसेसँगै माटो नपाउने समस्या आएको कुमालेहरूले जनाएका छन् । 

माटो नपाएकै कारण अवको आठ–दश वर्षमा पेसा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको उनीहरूको भनाइ छ ।

प्रजापति समुदायले अगाल्दै आएको यो पेसा निकै पुरानो हो । त्यसैले यो पेसालाई बचाइराख्नुपर्ने देखिएकोमा उनीहरू चिन्तित देखिन्न्छन् । 

तर, परम्परागत पेसालाई बचाउनका लागि आफूहरूले भन्दा सरकारले नै पहल गरिदिएमा सहज हुने उनीहरूको भनाइ छ ।