१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाै‌ं
२०७७ कार्तिक २४ सोमबार ०५:३२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पुसभित्र साधारणसभा गर्न सहकारीलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌ं
२०७७ कार्तिक २४ सोमबार ०५:३२:००

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई आगामी पुसभित्र साधारणसभा गरिसक्न निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण र लकडाउनको कारण देखाउँदै सहकारी संस्थाहरूले आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि साधारणसभा गरेका छैनन् । महानगरको सहकारी विभागले पुसभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन पठाउन सहकारीहरूलाई निर्देशन दिएको हो । 

काठमाडौं महानगर कार्यक्षेत्र भएका सहकारीहरूलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो । सहकारीहरूले साधारणसभा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम गणपूरक संख्या पु¥याएर मात्र साधारणसभा गर्नुपर्नेछ । यसका आधारभूत आधारबारे जानकारी दिँदै सञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरूमा पर्याप्त छलफल गराउनुपर्नेछ । 

त्यस्तै, समितिहरूको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम निर्वाचन गराउनुपर्नेछ । सहकारीका सदस्यहरूको भूमिकालाई साधारणसभामा सक्रिय बनाउन र बित्तीय अनुशासनलाई मर्यादित बनाउन साधारणसभाका लागि आग्रह गरिएको विभागका उपनिर्देशक सुमन अधिकारीले बताए ।