मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ कार्तिक २३ आइतबार १९:५६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोना संक्रमित बालबालिकामा एन्टिबडी उत्पादन कमजोर

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक २३ आइतबार १९:५६:००

कोरोना (कोभिड– १९) भाइरस संक्रमित बालबालिकामा वयस्कको तुलनामा एन्टिबडी उत्पादन कमजोर भइरहेको र छोटो समयमै संक्रमण निको भइरहेको अध्ययनले देखाएको छ । विभिन्न अध्ययनले वयस्कहरूमा प्रतिरोधी क्षमता बलियो हुँदा देखाउने कडा प्रतिक्रियाले संक्रमण झन् गम्भीर बन्दै गइरहेको देखाएको छ । बालबालिकामा हुने कमजोर प्रतिरोधात्मक प्रतिक्रियाले शरीरमा भाइरसले क्षति पु¥याउनुभन्दा पहिले नै भाइरसको सक्रियता कम गराउन सक्छ । जुन आफैँमा विरोधाभास देखिए पनि बालबालिकामा गम्भीर लक्षण नदेखिने र अन्य व्यक्तिलाई सार्ने सम्भावना कम हुनुले पुष्टि गर्ने विज्ञहरूको दाबी छ । 

कोलम्बिया युनिभर्सिटीले गरेको अध्ययन रिपोर्ट जर्नल नेचर इम्युनोलोजीमार्फत सार्वजनिक गर्दै बालबालिकामा संक्रमण समय एकदमै कम हुने जनाएको छ । भनिएको छ, ‘बालबालिकामा प्रतिरोधी क्षमता कमजोर हँुदैमा र एन्टिबडी कमजोर हँुदैमा भाइरसले गम्भीर समस्या निम्त्याउँदैन । सामान्यतया केही समयका लागि संक्रमणबाट बच्न शरीरमा प्रतिरोधी क्षमता बलियो हुन आवश्यक हँुदैन । तर, कतिपय बालबालिकामा एन्टिबडी उत्पादन निकै न्यून देखिएकाले समस्याको कारण बन्न सक्छ । 

अध्ययनले छोटो समयमा थोरै बालबालिकामा मात्र अनुसन्धान गरेकोले उमेरअनुसार बालबालिकामा संक्रमणका कारण एन्टिबडीको उत्पादन कसरी फरक हुन्छ भन्ने पुष्टि गरेको छैन । तर, यस अध्ययनले एन्टिबडी परीक्षणको क्रममा बालबालिकामा कुनै प्रतिक्रिया नदेखिँदा तथ्यांकमा फरक परिरहेको अनुमान गर्न सकिने उल्लेख छ । कोलम्बिया युनिभर्सिटीले गरेको यस अध्ययनमा कोरोना भाइरस एन्टिबडी विश्लेषण गर्नका लागि संक्रमितलाई चार समूहमा विभाजन गरिएको थियो । पहिलो समूहमा अस्पताल भर्ना नभएका, तर कन्भिसेलेन्ट प्लाज्मा दिएका संक्रमित, दोस्रो समूहमा श्वासप्रश्वासको गम्भीर समस्या देखिएर अस्पताल भर्ना भएका संक्रमित, तेस्रो समूहमा मल्टी सिन्ड्रोम इन्फ्लेमेन्टरी सिन्ड्रोम देखिएका बालकालिका र चौथो समूहमा सिन्ड्रोम नभई अन्य सामान्य लक्षण र लक्षण नदेखिएका बालबालिका समावेश गरिएको थियो । अध्ययनमा प्रत्येक समूहका व्यक्तिमा एन्टिबडी उत्पादनमा सामान्यतया उस्तै रहेको पाइएको थियो । तर, बालबालिका र वयस्कमा एन्टिबडीको दायरा भने निकै फरक रहेको पाइयो । सामान्यतया बालबालिकामा भाइरसको सतहमा स्पाइक प्रोटिन पहिचान गर्ने आइजिजी नामक एन्टिबडी निर्माण भएको पाइएको छ । यसको विपरीत, वयस्कहरूमा स्पाइक र विभिन्न किसिमका एन्टिबडी निर्माण गरेको पाइयो, जुन तुलनात्मक रूपमा भाइरसविरुद्ध लड्न निकै बलियो मानिन्छ । 

संक्रमित बालबालिकामा न्युक्लियोक्याप्सिड वा एन आदि भाइरसका जेनेटिक मटेरियल पनि भेटिँदैनन् । सामान्यतया प्रोटिनहरू भाइरसको सतहमा मात्र भेटिने र शरीरको प्रतिरक्षा प्रणालीले एन्टिबडी निर्माण गर्ने गर्छ । बालबालिकामा भाइरसको लेभल पनि कम रहने हँुदा वयस्कको तुलनामा अन्य व्यक्तिमा सार्ने सम्भावना न्यून रहन्छ । 

विज्ञहरूका अनुसार शरीरमा उत्पादिन एन्टिबडीको प्रकार संक्रमणको समयमा फरक हुने गर्छ । फरक उमेरका बालबालिकामा भाइरसले कसरी असर पु¥याउँछ र शरीरले कसरी प्रतिक्रिया जनाउँछ भन्नेबारे विज्ञहरूका पनि फरक–फरक धारणा पाइन्छ । यसबारे भइरहेका अध्ययनहरूले हालसम्म सामान्य जानकारी मात्र दिएकाले पुष्टि गर्न थप अनुसन्धान आवश्यक भएको वैज्ञानिकहरू बताउँछन् ।