मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गगन अयडी बाजुरा
२०७७ कार्तिक २३ आइतबार ११:५१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाढीले बगाएको पुल नबन्दा साँफे–मार्तडी सडकखण्डमा सवारीसाधन चल्न सकेनन्

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७७ कार्तिक २३ आइतबार ११:५१:००

अछाम र बाजुरा जिल्लाको साँफे–मार्तडी सडकखण्डमा पर्ने जडांकमा रहेको बुढीगंगा नदीमा पुल नबन्दा यातायात सञ्चालन हुन सकेको छैन । 

२५ साउन राति आएको बाढी पहिरोका कारण बुढीगंगा नदीमा रहेको बेलिब्रिज बगाएको हो ।

बाढीपहिरोले पुल बगाएको चार महिना बितिसक्दा पनि बुढीगंगा नदीमा पुल निर्माण हुन सकेको छैन ।

पुल निर्माण नभएपछि यस सडकखण्डमा सञ्चालन हुने लामाे तथा छाेटाे दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।  

सवारीसाधन नचलेपछि बाजुरालगायत छिमेकी जिल्ला हुम्ला, जुम्ला, मुगुका यात्रुहरूलाई यात्रा गर्न निकै असहज भएको नागरिक समाजका अगुवा शेरबहादुर शाहीले बताए । 

उनले बाढीपहिरोले पुल बगाएको अवस्थापछि गृहमन्त्री रामबहादुर थापालगायतको टोलीले भ्रमण गरको भए पनि अहिलेसम्म यसको पुनर्निर्माणका लागि प्रयास नभएकोमा दुःख व्यक्त गरे । 

त्यसवेला एक महिनाभित्र पुल निर्माण गरी यातायात सञ्चालन गर्ने घोषणा गरे पनि पुल अहिलेसम्म निर्माण हुन सकेको छैन ।