मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २३ आइतबार ११:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट विदेशमा एक नेपालीको निधन

यो साता विदेशमा थप पाँच सय ४४ नेपाली संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २३ आइतबार ११:२०:००

विदेशमा एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

संघले हालसम्म विदेशका १८ देशमा दुई सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेको जनाएको छ । 

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा थप पाँच सय ४४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यो अवधिमा एक हजार एक सय ६३ जना नेपाली संक्रमणमुक्त भएका छन् । 

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार एक सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । त्यसमध्ये ४० हजार सात सय २८ जना निको भएका छन् । निको हुने दर ९२  प्रतिशत भएको संघले जनाएको छ । 

यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रियामा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण  देखिएको छ ।    

संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराेना संक्रमण देखिएको छ ।