मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २३ आइतबार ०९:१७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

लुम्बिनीमा संक्रमितको संख्या २० हजार नाघ्यो

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २३ आइतबार ०९:१७:००

पाँच सय ५५ स्वास्थ्यकर्मी पनि संक्रमित, अधिकांश निको भए 

लुम्बिनी प्रदेशमा कोरोना संक्रमितकोे संख्या २० हजारभन्दा माथि पुगेको छ । २० हजारमाथि संक्रमित पुग्दा संक्रमित स्वास्थ्यकर्मीको संख्या पनि बढेर पाँच सय ५५ पुगेको छ । 

प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस प्रदेशमा सबैभन्दा धेरै संक्रमित स्वास्थ्यकर्मी बाँके जिल्लाका छन् । बाँकेका एक सय ५५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । तीमध्ये एक सय ५० जना निको भएका छन् । 

त्यस्तै, रुपन्देहीका ८५ जना संक्रमित भएकोमा ८३ जना स्वस्थ्यकर्मी निको भएका छन् । स्वास्थ्यकर्मी धेरै संक्रमित हुने अर्को जिल्ला पाल्पा हो । त्यहाँका ६६ जना संक्रमित भएकामा ६२ जना निको भएका छन् । कपिलवस्तुका ६६ जनामध्ये ६१ जना निको भएका छन् । 

त्यस्तै, दाङका ५४ जनामध्ये ५२ जना निको भएका छन् । बर्दियाका ४२ जनामा ३४ जना, प्युठानका ३३ जनामा ३३ जना नै र नवलपरासी पश्चिमका २६ जनामा २४ जना स्वस्थ्यकर्मी निको भएका छन् । त्यस्तै, अर्घाखाँचीका १६ जना संक्रमित भएकोमा १३ जना निको भएका छन् । गुल्मीका नौ, रोल्पामा दुई र रुकुम पूर्वमा एकजना संक्रमित भएकोमा उनीहरू पनि निको भइसकेका छन् । 

लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजारमाथि लाग्दा यहाँ मृत्यु हुनेको संख्या एक सय ९४ पुगेको छ । जसमा महिला ५६ र पुरुष एक सय ३८ जना छन् । यहाँ करिब १७ हजार निको भएका छन् । झन्डै तीन हजार उपचारमा रहेका छन् । 

कुन जिल्लामा कति पुगे संक्रमित

लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीमा सबैभन्दा बढी संक्रमित भएका छन् । हालसम्म यहाँ ६ हजार आठ सय १८ जना संक्रमित भएका छन् । बाँकेमा तीन हजार दुई सय ६०, दाङमा दुई हजार चार सय १९, कपिलवस्तुमा एक हजार सात सय ११ जना संक्रमित पुगेका छन् । त्यस्तै, पाल्पामा एक हजार दुई सय २३, बर्दियामा एक हजार ६२, नवलपरासी पश्चिममा एक हजार ६२, प्युठानमा सात सय ८८, गुल्मीमा सात सय ४७ जना छन् । अर्घाखाँचीमा ६ सय ५१, रोल्पामा एक सय ७७ र रुकुम पूर्वमा ९३ जना कोरोना संक्रमित भएका छन् ।