मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २२ शनिबार १५:५४:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनीमा संक्रमितको संख्या २० हजार नाघ्यो, पाँच सय ५५ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २२ शनिबार १५:५४:००

लुम्बिनी प्रदेशमा कोरोना संक्रमितकोे संख्या २० हजार नाघेको छ । करिब १७ हजार संक्रमित निको भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

२० हजारभन्दा बढी संक्रमितको संख्या पुग्दा पाँच सय ५५ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । 

प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस प्रदेशमा सबैभन्दा धेरै संक्रमित स्वास्थ्यकर्मी बाँकेमा छन् । बाँकेका एक सय ५५ स्वास्थ्यकर्मी संक्रमितमध्ये एक सय ५० जना निको भइसकेका छन् । 

त्यस्तै रुपन्देहीका ८५ जना संक्रमित भएकोमा ८३ जना स्वास्थ्यकर्मी निको भएका छन् । धेरै स्वास्थ्यकर्मी संक्रमित हुने अर्को जिल्ला पाल्पा हो । यहाँका ६६ जनामध्ये ६२ जनाले कोरोनालाई जितिसकेका छन् । यस्तै कपिलवस्तुका ६६ जनामध्ये ६१ जना निको भएका छन् । 

दाङका ५४ जनामध्ये ५२, बर्दियाका ४२ जनामध्ये ३४, प्युठानका ३३ जना स्वास्थ्यकर्मी कोरोनामुक्त भएका छन् । यस्तै नवलपरासी पश्चिमका २६ जनामा २४,  अर्घाखाँचीका १६ मध्ये १३, गुल्मीका नौ, रोल्पामा दुई र रुकुम पूर्वमा एकजना संक्रमित भएकोमा अहिले कोरोना संक्रमणमुक्त भएका छन् । 

लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक सय ९४ पुगेको छ । जसमा पुरुष एक सय ३८ र महिला ५६ जना छन् । 

कुन जिल्लामा कति संक्रमित ?

लुम्बिनी प्रदेशमा रुपन्देहीमा सबैभन्दा बढी संक्रमित छन् । रुपन्देहीमा ६ हजार आठ सय १८, बाँकेमा तीन हजार दुई सय ६०, दाङमा दुई हजार चार सय १९, कपिलवस्तुमा एक हजार सात सय ११ जना संक्रमित पुगेका छन् । 

त्यस्तै, पाल्पा एक हजार दुई सय २३, बर्दियामा एक हजार ६२, नवलपरासी पश्चिममा एक हजार ६२, प्युठानमा सात सय ८८,  गुल्मीमा सात सय ४७ जना छ । अर्घाखाँचीमा ६ सय ५१, रोल्पामा एक सय ७७ र रुकुम पूर्वमा ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।