१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएनआई
२०७७ कार्तिक २२ शनिबार १६:०४:००
Read Time : < 1 मिनेट
विश्व

जापानमा ६.२ म्याग्निच्युडको भूकम्प

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ कार्तिक २२ शनिबार १६:०४:००

जापानमा शनिबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झन्डै ६ सय माइल दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

जापानको भूगर्भ विभागले दिएको जानकारीअनुसार करिब १० किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् । सरकारी अधिकारीहरूको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको पनि स्पष्ट पारेका छन् । 

जापान धेरै भूकम्प आउने देश हो । बर्सेनि दर्जनौँपटक भूकम्प आउने गर्छ भने कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षतिसमेत गर्ने गरेको छ । सन् २०११ मा आएको ९ म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको आँधीका कारण जापानमा कम्तीमा १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने धेरै भौतिक संरचनामा क्षति भएको थियो ।