मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २३ बुधबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार

पप्पु कन्सट्रक्सनका संचालक रौनियारको सांसद पद निलम्बन फुकुवा गर्न फोरमको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २३ बुधबार १४:४२:००

सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रतिनिधिसभा सदस्य हरिनारायणप्रसाद रौनियारको निलम्बन फुकुवा गर्न माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ । 
फोरमले पर्सा क्षेत्र नम्बर ३ बाट जितेका पार्टीका सांसद रौनियारलाई संविधान र प्रतिनिधिसभा नियमावली विपरित निलम्बन गरेकाले तत्काल फुकुवा गर्न माग गर्दै बुधबार सभामुख महरालाई ज्ञापन पत्र बुझाएको हो ।

सांसद रौनियार प्रमुख रहेको पप्पु कन्सट्रक्सन प्रालि कालोसूचिमा परेपछि संघीय संसद सचिवालयले गत १९ असोजामा उनलाई निलम्बन गरेको थियो । सो निलम्बन संविधान र प्रतिनिधिसभा नियमवली विपरित रहेकाले तत्काल फुकुवा गरी संसदीय गतिविधिमा सहभागी गराउन माग गर्दै सभामुखलाई ज्ञापन पत्र बुझाइएको संसदीय समाजवादी फोरमका महासचिव रामसहाय प्रसाद यादवले बताए ।

फोरमको १८ माघमा संसदीय दलको बैठकले संविधान र प्रतिनिधिसभा नियमावली विपरित रौनियारलाई निलम्बन गरेको ठहर गर्दै तत्काल फुकुवा गर्न सभामुखलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पार्टीले बुधबार सो सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराएको हो । सभामुख महराले सो विषयमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालसँग पनि छलफल गरेका थिए ।