मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २१ शुक्रबार ११:३१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित वडाध्यक्षको निधन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २१ शुक्रबार ११:३१:००

कोरोना संक्रमित एक वडाध्यक्षको निधन भएको छ । 

कैलालीको गौरीगंगा नगरपालिका– ३ का अध्यक्ष नरेन्द्रबहादुर शाहको आज शुक्रबार बिहान सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा निधन भएको हो ।

७३ वर्षीय वडाध्यक्ष शाहको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनमा कडा खालको निमोनिया देखिएपछि १२ कात्तिकमा अस्पताल भर्ना गरिएकोमा १७ गते कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कडा खालको निमोनिया देखिएपछि सुरुबाटै उनलाई आइसियूमा राखिएको श्रेष्ठले बताए । गौरीगंगा नगरपालिकाका प्रवक्तासमेत रहेका शाही नेकपा गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा हालसम्म कोरोना संक्रमित २५ जनाको निधन भएको छ । 

प्रदेशभर हालसम्म नौ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशभर एक हजार पाँच् सय १६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।