१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस
२०७५ माघ २३ बुधबार १२:४४:००
Read Time : < 1 मिनेट
समाचार

चार महिनामा एक सय ७७ जुवाडे पक्राउ, २५ लाख बारमद

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ २३ बुधबार १२:४४:००

जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा २५ लाख रुपैयाँसहति एक सय ७७ जुवाडे पक्राउ गरेको छ । 

बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित २४ लाख ५४ हजार ६ सय २५ बरामद गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । पक्राउ पर्ने बित्तिकै थप अनुसन्धानपश्चात म्याद थप गरी मुद्दा दर्ता गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । 

बौद्ध क्षेत्रबाट महानगरीय प्रहरी वृत्त बौद्धले १६ वटा मुद्दा चलाएको छ भने प्रहरी परिसर टेकुले एक मुद्दा चलाएको छ । होटेल तथा रेस्टुराँलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घरमा जम्मा भएर जुवा खेल्ने क्रम बढेको छ ।

मुलुकी अपराधसंहिताले पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई तीन महीनासम्म कैद वा ३० हजारसम्म जरिवाना तोकेको छ । दोस्रो पटकदेखि एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा तीन वर्षसम्म कैद र १० हजार जरिवाना लाग्ने व्यवस्था छ । 
संहितामा जुवा खेल्ने मात्र नभई अरुले खेलेको ठाउँमा च्याँखे थाप्नेलाई पनि जुवा खेले बराबरकै कारबाही हुने कानूनी प्रावधान छ ।