Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २० बिहीबार १८:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिएका मेयर शाक्यसँग संसदीय समितिले छलफल गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २० बिहीबार १८:२४:००

काठमाडौंको खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिएका काठमाडौं  महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले छलफलका लागि बोलाएको छ । समितिले आगामी सोमबार मेयर शाक्यसँगै ललितपुर र भक्तपुरका मेयरलाई पनि बोलाउने निर्णय भएको समिति सदस्य प्रकाश रसाइली (स्नेही)ले जानकारी दिए । उनले भने, ‘खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिइएको थियो । त्यहाँ विभिन्न समूहले खाना बाँड्दै आएका थिए । किन रोक्न भनिएको भन्नेबारे आवश्यक कुरा बुझ्न समितिले मेयरहरूलाई बोलाउने भएको हो ।’

समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । खुलामञ्चमा गरिबहरूलाई बाँडिँदै आएको खाना रोक्न गत मंगलबार महानगरले निर्देशन दिएको थियो ।