१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २० बिहीबार १७:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. केसीको दाबी– शीर्ष नेताहरूले माफियासँग मिलेर शिक्षा र स्वास्थ्यमा व्यापार गरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २० बिहीबार १७:३८:००

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरूले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । 

राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरूले माफिया र बिचौलियासँग मिलेर व्यापार गरिरहेको आरोप लगाएका हुन् । 

सबै स्वास्थ्य र शिक्षण संस्थाहरूमा आफ्ना कार्यकर्ताहरूका भर्तीकेन्द्र बनाएर धराशायी बनाइरहेको आरोप उनको छ । उनले भने, ‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरूमा आफ्ना कार्यकर्ता भर्ती गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धराशायी बनाइदिने । शिक्षा र स्वास्थ्य सेवामूलक क्षेत्र हो । अहिलेका राजनीतिक दलहरूले शिक्षण र स्वास्थ्य संस्थालाई नाफामूलक क्षेत्रको रूपमा व्यापार गरिरहेका छन् । शीर्ष नेताहरू माफिया, बिचौलिया र दलालहरूसँग मिलेर व्यापार गरिरहेका छन् ।’

डा. केसीले पुँजीवादी भनिने देशहरूसमेत शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारीकरण नगरी गुणस्तर कायम राख्न सफल रहेको उल्लेख गर्दै नेपालमा भने जनतालाई दुःख दिने काम मात्रै भएको बताए । उनले भने, ‘नेपालमा समाजवादीहरू जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट माग्न जान्छन् । दुईतिहाइको सरकार भएपछि पेटमा लात हान्छन् ।’


उनले आफूसँग भएका सम्झौताहरू कार्यान्वयनमा सरकार उदासीन देखिएको भन्दै निरन्तर खबरदारीको आवश्यकता औँल्याए । डा. केसीले १९औँ अनशनका समयमा आफूसँग भएका सम्झौताहरू कार्यान्वनयको कुन चरणमा पुगे भनेर प्रश्न पनि गरेका छन् ।