१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ कार्तिक २० बिहीबार ११:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिहारका वेला हुने अपराध रोक्न सीमा क्षेत्रमा कडाइ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ कार्तिक २० बिहीबार ११:४८:००

तिहारका वेला हुने सक्ने आपराधिक क्रियाकलाप रोक्न कञ्चनपुरका सीमा क्षेत्रमा कडाइ गरिएको छ । साथै तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको प्रहरीले जनाएको छ ।

भारतसँग जोडिएको कञ्चनपुरको पश्चिम सीमानाका गड्डाचौकी र पूर्व डोकेबजार सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गरिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुवै नाकामा कुकुरमार्फत चेकजाँच सुरु गरेको छ । 

तिहारका वेला विस्फाेटक पदार्थ, लागुऔषध भित्रिन नदिनका लागि विशेष तालिमप्राप्त कुकुर परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

कञ्चनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापाले दीपावली र छठलाई मध्यनजर गर्दै भित्रिने सक्ने विस्फाेटक पदार्थ पटका र लागुऔषध नियन्त्रणका लागि विशेष कुकुर परिचालन गरिएको बताए । 

भारतबाट अवैध सामान नेपाल भित्रिने सक्ने सम्भावना रहेकाे भन्दै प्रहरीले तिहारको समयमा कुकुर प्रयोग गरेकाे प्रवक्ता थापाले बताए ।