मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस–एपी–एएफपी
२०७७ कार्तिक १९ बुधबार १५:५४:००
Read Time : < 1 मिनेट
विश्व

ट्रम्पलाई फ्लोरिडामा महत्वपूर्ण सफलता 

Read Time : < 1 मिनेट
रासस–एपी–एएफपी
२०७७ कार्तिक १९ बुधबार १५:५४:००

अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरूको रुझानले  राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ । तर, राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गरेका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गरेका छन् । करोडौँ मत गणना बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसबाट निर्वाचन आफूले जित्ने निश्चित भइसकेको, तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गरे । उनले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालतसमेत जान सक्ने बताए । उनले भने, ‘साँच्चै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौँ । चुनावमा धाँधली भएको पाइएको छ र यो हाम्रो मुलुकका लागि निकै दुःखद पक्ष हो ।’ 

उनले चुनावमा सहयोग गर्ने परिवारका सदस्य तथा मतदानमा भाग लिने जनता सबैलाई धन्यवाद पनि दिएका छन् । राष्ट्रपति ट्रम्पले चुनावमा आफू विजयी भइसकेको भनी गरेका दाबीलाई रिपब्लिकन पार्टीकै कतिपय वरिष्ठ सदस्यहरूले अपरिपक्व भनाइ भन्दै ट्विट गरेको छन् ।  

ट्रम्पविरुद्ध प्रदर्शन, तीनजना पक्राउ 
राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका वेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । तीमध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूसँगै अरू सयौँले प्रदर्शन गरेका थिए । 

शान्तिपूर्ण प्रदर्शन गरेकालाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकले आपत्ति जनाएका छन् । उनीहरूले प्रदर्शन गर्दा सडकसमेत अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरूले हामी न्याय पाउँदैनौँ भने उनीहरूले शान्ति पाउँदैनन् भन्ने नारा लगाएका थिए ।