मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १९ बुधबार १५:३०:००
Read Time : > 3 मिनेट
खेलकुद डिजिटल संस्करण

आइपिएलको प्ले अफ समीकरण पूरा

Read Time : > 3 मिनेट
२०७७ कार्तिक १९ बुधबार १५:३०:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ समीकरण पूरा भएको छ । 

मंगलबार राति सनराइजर्स हैदराबादले साबिक विजेता मुम्बई इन्डियन्सलाई दश विकेटले हराउँदा आइपिएलको प्ले अफ समीकरण पूरा भएको हो । 

अब आठ नोभेम्बरमा मुम्बईले फाइनल स्थान सुरक्षित गर्न दिल्ली क्यापिटल्सको सामना गर्नेछ । 

अर्को खेलमा सनराइजर्सले रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध दोस्रो प्ले अफ खेल्नेछ । पहिलो प्ले अफमा पराजित टोली र दोस्रो प्ले अफमा जित निकाल्ने टोलीबीचको विजेताले फाइनल खेल्नेछ । यसपटक दिल्ली र बेंग्लोरसमक्ष पहिलोपटक आइपिएल विजेता बन्ने अवसर छ ।

मुम्बई इन्डियन्स
(स्थान १, खेल १४, जित ९, हार ५)

मुम्बई लगातार दोस्रोपटक उपाधि जित्ने अभियानमा छ । 
चेन्नईसँग उदघाटन खेलमै पराजित मुम्बईले त्यसपछि उत्कृष्ट प्रदर्शन गरी अंक–तालिकाको शीर्ष स्थानमाथि कब्जा जमायो । 

यसपटक पनि प्ले अफ स्थान पक्का गर्न मुम्बईका बलर तथा ब्याट्सम्यानले अहं भूमिका निर्वाह गरेका छन् ।

हैदराबादविरुद्ध लिगकै अन्तिम खेलमा यी दुवै पक्ष मुम्बईको कमजोर नै देखिएको थियो ।  

डिकोकले १४ खेलमा चार सय ४३ रन बनाए । किसनले १२ खेलमा चार सय २८ रन जोडेका छन् । बलरमा जसप्रित बुमराहले १३ खेलमा २३ विकेट लिएका छन् । ट्रेन्ट बोल्टले १३ खेलमा २० विकेट हात पारे । 

मुम्बईले यो सिजनमा ६ पटक १ सय ९० रनभन्दा माथि योगफल बनाएको छ । मुम्बईले २०१९, २०१७, २०१५ र २०१३ मा उपाधि जितेको थियो । 

दिल्ली क्यापिटल्स
(स्थान २, खेल १४, जित ८, हार ६)

मुम्बईको प्रतिद्वन्द्वी दिल्लीले पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गऱ्याे । तर, दोस्रो चरणमा दिल्लीको प्रदर्शनमा उतार–चढाव भयो । 

बलर र ब्याट्सम्यान समान रूपले चम्कँदा दिल्लीले प्ले अफ स्थान सुरक्षित गरेको हो । 

बलर कागिसो रावडाले १४ खेलमा २५ विकेट लिएका छन् । यसैगरी एनरिच नोर्टजेले १३ खेलमा १९ विकेट हात पारेका छन् । 

दिल्लीले सर्वाधिक ६ पटक योगफल रक्षा गर्न सफल हुँदा यी दुवै बलरले उत्कृष्ट बलिङ गरेका थिए । यसैगरी ब्याटिङमा शिखर धवनले पहिलो चरणमा लगातार दुई खेलमा शतकीय इनिङ्स खेलेका थिए । 

आइपिएलमा लगातार दुई खेलमा शतक प्रहार गर्ने उनी एक्लो ब्याट्सम्यान हुन् । स्पिनर रविचन्द्रन आश्विनले १२ खेलमा १० विकेट लिए । 

दिल्लीका मुख्य ब्याट्सम्यान शिखर धवनले १४ खेलमा पाँच सय २५ रन बटुलेका छन् । 

सनराइजर्स हैदराबाद
(स्थान ३, खेल १४, जित ७, हार ७)

लगातार पाँचौँपटक आइपिएलको प्ले अफमा स्थान सुरक्षित गरेको हैदराबादले बलर र ब्याट्सम्यानको उत्तिकै साथ पायो । 

मुम्बईसँग पराजित हुँदा हैदरावाद प्ले अफबाट बाहिरिन्थ्यो । 

कोलकाता नाइटराइडर्स प्ले अफमा पुग्यो । हैदराबादले रनरेटमा कोलकातालाई निराश पारेको हो । हैदरावादको प्रदर्शनमा कप्तान डेभिड वार्नर र मनीष पाण्डेको ब्याटिङ मुख्य मानिएको छ । 

वार्नरले १४ खेलमै ब्याटिङ गरी पाँच सय २९ रन बटुले । मनीषले १४ खेलमा तीन सय ८० रन बनाए । 

हैदराबादका लेग स्पिनर रसिद खान नै मुख्य हतियार हुन् । उनले १४ खेलमा १९ विकेट हात पारेका छन् । यसैगरी युवा बलर सन्दीप शर्माले ११ खेलमा १३ विकेट लिए । 

हैदराबादले २००९ र २०१६ मा उपाधि हात पारेको थियो । 

रोयल्स च्यालेन्जर्स वेंग्लोर
(स्थान ४, खेल १४, जित ७, हार ७)

आइपिएलमा बेंग्लोरको प्रदर्शन कहिले नराम्रो छैन । तीनपटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको टोली बेंग्लोर हो । 
राम्रा बलर तथा ब्याट्सम्यान सम्मिश्रण गर्ने बेंग्लोर रनरेटमा हैदराबादभन्दा पछि परेपछि चौथो स्थानमा सीमित भयो । 
यसपटक बेंग्लोरको प्ले अफ स्थान पक्का हुनुपछाडि कप्तान विराट कोहली र देवदत्त पडिक्कलको ब्याटिङ नै हो । 

कोहलीले १४ खेलमा चार सय ६० रन बटुले । युवा भारतीय ब्याट्सम्यान देवदत्तले १४ खेलमा चार सय ७२ रन बनाए । आइपिएलमा सहभागी टोलीमध्ये बेंग्लोरले एक मात्र स्पिनर खेलाडी छन् । 

बेंग्लोरका एक्ला स्पिनर युजवेन्द्र चाहलले १४ खेलमा २५ विकेट हात पारे । बलर क्रिस मोरिसले नाै खेलमा ११ विकेट लिएका छन् । बेंग्लोरले २०१६ पछि आइपिएलको प्ले अफ स्थान पक्का गरेको हो । 

एवि डी भिलियर्सले तीन सय ९८ रन जोडे । २००९, २०११, २०१५ र २०१६ मा बेंग्लोर प्ले अफमा पुगेको थियो । 

यस्तो छ अन्तिम अंक–तालिका
स्थान        टोली        खेल    जित    हार    अंक     रनरेट
१              मुम्बई       १४      ९       ५        १८      + १.१०
२              दिल्ली       १४      ८       ६        १६     – ०.१०
३              हैदराबाद    १४      ७       ७        १४     + ०.६०
४              बेंग्लोर       १४      ७       ७        १४     – ०.१२
५              कोलकाता    १४     ७       ७         १४     – ०.२१
६              पन्जाव       १४     ६      ८          १२     – ०.१६
७              चेन्नई        १४     ६      ८          १२     – ०.४५
८              राजस्थान    १४    ६      ८           १२     – ०.५६
(एजेन्सीको सहयोगमा)