मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १९ बुधबार ११:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहसचिवबाट लोमाङ्थाङमा बन्न लागेको सशस्त्रको बिओपी भवन शिलान्यास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १९ बुधबार ११:११:००

मुस्ताङको लोमाङ्थाङ– ४ नेचुङमा निर्माण हुन थालेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) भवनको गृहसचिव महेश्वर न्यौपानेले बुधबार शिलान्यास गरेका छन् ।  

सदरमुकाम जोमसोमबाट एक सय नौ किलोमिटर टाढा रहेको नेचुङमा बिओपी भवन शिलान्यासका लागि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित गृहसचिव न्यौपाने पुगेका हुन् । गत १५ जेठमा भन्सार कार्यालय र कृषि क्वारेन्टिनको भवनमा अस्थायी रूपमा सशस्त्रको बिओपी बसेको थियो । खनाल र न्याैपानेले संयुक्त रूपमा भवनकाे शिलान्यास गरेका थिए ।

करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको उक्त स्थानमा ६ करोडको लागतमा मौसमअनुकूल हुने २४ कोठे भवन बन्न लागेको हो । उक्त स्थानमा असोजदेखि वैशाखसम्म हिउँ पर्ने भएकाले भवनका कोठा मौसमअनुकूल हुने गरी एक वर्षभित्र निर्माण भइसक्ने सशस्त्र प्रहरीले जनाएको छ । देशभर सशस्त्र प्रहरीका एक सय ८३ वटा बिओपी स्थापना भएकोमा उत्तरी सिमानामा भने सातवटा छन् ।