मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १९ बुधबार ०८:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमले लागू गर्‍यो नयाँ सफ्टवेयर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १९ बुधबार ०८:२०:००

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्टवेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ सफ्टवेयर परिवर्तन गरी एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक नवब्लु फ्लाइट प्लानिङ सफ्टवेयर (एन–एफपी) लागू गरेको हो ।

एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटाम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट एन्ड फ्युल अप्टिमाइजेसनलगायतका बहुउपयोगी विशेषताहरू रहेको निगमले जनाएको छ । समयानुकूल निगमको सेवालाई आधुनिकीकरण गर्न सो सफ्टवेयरले हवाई उडानलाई सुरक्षित, भरपर्दो र अझ बढी प्रविधिमैत्री बनाउने निगमको विश्वास छ । अहिलेको प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समयानुकूल सुधार गर्न र व्यावसायिक सफलताका लागि नयाँ प्रविधि भिœयाइएको कम्पनीले उल्लेख गरेको छ । 

गत असोजको तेस्रो साता निगमको महाप्रबन्धकको जिम्मेवारीमा आउनुभएका डिमप्रसाद पौडेलले निगमको विद्यमान अवस्था सुधारका साथै निगमलाई आधुनिक प्रविधिमैत्री बनाई प्रतिस्पर्धी सेवाका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न प्रक्रिया सुरु गरेको बताएका छन् । पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहँदा आन्तरिक उडानका ६ वटा चिनियाँ जहाजले घाटा व्यहोर्दै आएकाले १५ साउनदेखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो ।

पछिल्लोपटक ६ कात्तिकमा महाप्रबन्धक पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गरेका छन् । सुशासन प्रवद्र्धन, पारदर्शिता, कर्मचारीको कार्यालय समय व्यवस्थापन, हाजिरी आदि विषयलाई सुधारको प्रक्रियामा लगिने उल्लेख छ । हरेक महिनाको ५ गतेसम्ममा प्रत्येक विभागका विभागीय प्रमुखले मासिक प्रगति विवरण अनिवार्य रूपमा पठाउनुपर्ने, निगमको प्रवक्ता र सहप्रवक्ताको विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र जानकारी गराउनुपर्ने उल्लेख छ ।

निगमसँग हाल आन्तरिक उडानमा दुई थान मात्रै जहाज छन् । राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तव्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका ९ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस