१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार २०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई जापानको विभूषण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार २०:४१:००

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई जापान सरकारले विभूषित गर्ने भएको छ । नेपाल–जापान सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाण्डेलाई जापानले सन् २०२० का लागि अर्डर अफ दी राइजिङ सन नामको विभूषण दिने निर्णय गरेको हो । जापानी दूतावासका अनुसार यस वर्ष विभूषण पाउने विदेशी नागरिकहरूको सूचीमा पाण्डे परेका हुन् । दक्षिण एसियाबाट यसपटक विभूषित हुने पाण्डे एकजना मात्रै नागरिक हुन् ।

जापानी दूतावासका अनुसार वर्षमा दुईपटक जापानसँग सम्बन्धमा योगदान पुऱ्याएका व्यक्तित्वलाई विभूषित गर्दै आएको छ । पर्यटन मन्त्री हुँदा पाण्डेले सन् १९८६ मा जापान, चीन र नेपाली नागरिकलाई सगरमाथा आरोहणका लागि सहयोग गरेको, नेपाल भ्रमण गर्ने प्रथम जापानी नागरिक एकाइ कावागुचीको टिकट पाण्डे सञ्चारमन्त्री भएका वेला जारी भएको भन्दै पाण्डेलाई विभूषित गर्ने निर्णय भएको दूतावासले जनाएको छ । पाण्डेभन्दा अघि कांग्रेस वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई पनि जापान सरकारले यही विभूषण दिएको छ ।