मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामचन्द्र न्यौपाने
२०७५ माघ २३ बुधबार १०:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

नगरपालिका केन्द्र विवाद : एक वर्षदेखि स्थानीय बासिन्दाकोविरोध प्रदर्शन जारी

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७५ माघ २३ बुधबार १०:१५:००

ठूलीभेरी नगरपालिका केन्द्रको विवाद यथावत् रहँदा कामकाजमा समस्या भएको छ भने स्थानीय बासिन्दाले विरोध कायमै रोखका छन् । मंगलबार पनि स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।  एक वर्षसम्म पनि विवादको टुंगो नलाग्दा सर्वसाधारण पनि मारमा परेका छन् । नगरपालिका केन्द्रको विवाद यथावत् रहँदा विकास निर्माणका काम पनि हुन सकेका छैनन् । जनप्रतिनिधि तथा कर्मचारीलाई पनि काम गर्न समस्या भएको छ । नगरपालिकाबाट प्रभाव हुने सेवा सहज नभएको सेवाग्राही गुनासो छ । 

नगरपालिकाको केन्द्र दुनैमा राख्नुपर्ने माग गर्दै मंगलबार स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले मेयरको पुत्लादहन गरेका छन् । मेयर गणेशबहादुर शाहीले झुक्याएर केन्द्र परिवर्तनको निर्णय गरेको भन्दै विरोध जनाएका हुन् । प्रदर्शनमा सयौँ सर्वसाधारण सहभागी थिए । 

गत १६ फागुनदेखि ठूलीभेरीको केन्द्रका विषयमा विवाद उत्पन्न भएको थियो । मेयर शाहीले दुनैबाट जुफालमा केन्द्र सार्ने निर्णय गराएका थिए । त्यसयता नगरपालिकाका ११ मध्ये सात वडाका जनप्रतिनिधि र सर्वसाधारण आन्दोलनमा छन् । सातवटै वडाका वडाध्यक्ष पनि आन्दोलनमा रहेको उपमेयर योगेन्द्रबहादुर शाहीले बताए । 

केन्द्र विवादको मुद्दा सर्वोच्च अदालत पुगेको छ । एक वर्षदेखि सर्वोच्चमा मुद्दा जारी रहेपछि थप समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ । ‘अहिलेसम्म सर्वोच्चमा नौपटक पेसी तोकिएको छ, छलफल भएको छ, तैपनि टुंगो लागेको छैन,’ स्थानीय बबिकिशोर गुरुङले भने । सर्वोच्चमा मुद्दाको अर्को पेसी १६ फागुनमा तोकिएको छ ।