मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १७ सोमबार १४:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजदूतहरूको संसदीय सुनुवाइ २७ गते हुने

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १७ सोमबार १४:३६:००

विभिन्न देशका लागि प्रस्तावित तीनजना राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने भएको छ । 

प्रस्तावित राजदूतहरूविरुद्ध उजुरीकर्ताहरू सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाइ तोकिएको हो ।

अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकोमा सुनुवाइ हुन बाँकी छ । 

समितिको सोमबार बसेको बैठकले उजुरीकर्ताहरुसँग छलफल गर्ने भनेपनि समिति बैठकमा उजुरीकर्ताहरु उपस्थित भएनन्।

प्रस्तावित राजदुतहरु विरूद्ध समितिमा चार वटा उजुरी परेका छन्। कात्तिक २ सम्मका लागि उजुरीको समय दिइएकोमा ४ उजुरी परेका थियो। तर, समितिले उजुरीकर्तालाइ छलफलका लागि बोलाउँदा पनि उनीहरु आएका छैनन्।

मन्त्रिपरिषद्को गते असोज १५ गते बसेको  बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत नियुक्तिमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्णले उजुरीकर्ताहरू नआएपछि २७ गतेका लागि अर्को सुनुवाइको मिति तोकेका हुन् ।

राजदूतहरूको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।