मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा
२०७७ कार्तिक १७ सोमबार १४:३४:००
Read Time : < 1 मिनेट
विश्व

फिलिपिन्समा आँधीबाट १६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ कार्तिक १७ सोमबार १४:३४:००

फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीबाट कम्तीमा १६ जनाको मृत्यु भएको छ । अरू केही व्यक्ति पनि आँधीका कारण बेपत्ता भएका छन् । दक्षिणी फिलिपिन्सको आइपुई लुजनको मुख्य टापुमा शक्तिशाली आँधी आएको हो ।

आँधीका कारण अल्बे प्रान्तमा मात्र १० जनाको ज्यान गएको छ । यहाँको क्यान्डुआनेस टापुमा अरू केही मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । आँधीले दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ । यस क्षेत्रका मात्र करिब चार लाख सर्वसाधारण विस्थापित भएका फिलिपिन्सको विपत् व्यवस्थापन विभागका कर्मचारीले जनाएका छन् ।

आँधीबाट विस्थापितहरू अधिकांश सरकारी आवासहरूरुमा बस्दै आएको अधिकारीहरूले जनाएका छन् । आँधी करिब दुई सय २५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा आएको थियो । यसले यहाँका विभिन्न भौतिक संरचनामा क्षति पुऱ्याएको सरकारी अधिकारीहरूले जनाएका छन् । आँधीका कारण पहाडी क्षेत्रमा पहिरोसमेत गएको छ । यसका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

गोनी यस वर्ष फिलिपिन्समा आएको १८औँ आँधी रहेको मौसम विभागले जनाएको छ । केही दिन अघिमात्रै आएको मोलाभ आँधीमा परेर २० जनाभन्दा बढीको मृत्यु भएको थियो ।