Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक १७ सोमबार १२:०८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

९३ जना प्रगतिशील लेखकद्वारा भारतीय सेनाध्यक्ष नरभणेको नेपाल भ्रमण रद्द गर्न माग  

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १७ सोमबार १२:०८:००

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेको नेपाल भ्रमण रद्द गर्न नेपालका प्रगतिशील लेखकले माग गरेका छन्।

प्रगतिशील लेखनका क्षेत्रमा सक्रिय ९३ जना लेखक तथा साहित्यकारले साेमबार एक विज्ञप्ति जारी गर्दै नरभणेको आसन्न नेपाल भ्रमण रद्द गर्न माग गरेका हुन् । 

नेपालीलाई होच्याउने र अपमानित गर्ने भारतीय सेनाध्यक्षको नेपाल भ्रमण रद्द गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘पदीय मर्यादासमेत ख्याल नगरेर नेपालका प्रधानमन्त्रीले नेपाल र नेपालीहरूको नै अपमान हुने गरी भारतीय गुप्तचर संस्था ‘रअ’को प्रमुख सामन्त गोयलसँग रहस्यमय वार्ता गर्नु र हुँदाहुँदै नेपालको अर्को छिमेकी मुलुकलाई अनाहकमा मुछेर तथा नेपाललाई होच्याएर दुर्वचन बोल्ने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेलाई नेपालमा निम्ता गरेर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान दिने तयारी आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ । 

उनीहरूले भारतद्वारा जबर्जस्ती आफ्नो नक्सामा समावेश गरिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपाली जनताको व्यापक दबाबपश्चात् नेपालको नक्सामा समावेश गरेको नेपाल सरकारले आफ्नो भूमि नक्सामा मात्र नभई यथार्थमै अधिकारमा लिने थप पहल र पैरवी गर्नुपर्ने वेलामा नयाँ नक्साबारे नयाँ पुस्ताका विद्यार्थीहका निम्ति तयार पारेको पाठ्यपुस्तक वितरणमा रोक लगाएर उल्टो काम गरेकोसमेत आरोप लगाएका छन् ।

 ‘त्यति मात्र होइन,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्रीले दसैँ सन्देश प्रसार गर्दा प्रदर्शित पुरानो नक्सायुक्त निसानको प्रयोगसमेतले अहिलेको सरकार छली राष्ट्रवादको अभ्यासमा लिप्त रही मुलुकको सार्वभौमिकतालाई सत्तास्वार्थसँग विनिमय गर्न लागिरहेको बोध हुन थालेको छ ।’

प्रगतिशील साहित्यकार निनु चापागाईं, प्राडा जगदीशचन्द्र भण्डारी, रोशन जनकपुरी, इस्माली, आहुतीलगायत ९३ जना लेखक तथा साहित्यकर्मीहले आफ्नै देशका समेत प्रतिनिधि संलग्न रहेको इपिजीले तयार पारेको द्विदेशीय सम्बन्धका विवाद र समाधानसम्बन्धी प्रतिवेदन वर्षदिन बितिसक्दा पनि बुझ्न अस्वीकार गर्ने दम्भी भारतीय नेतृत्वका सामु सरकारले घुँडा टेक्न थालेकोसमेत आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'पदीय मर्यादासमेत ख्याल नगरेर नेपालका प्रधानमन्त्रीले नेपाल र नेपालीहरूको नै अपमान हुने गरी भारतीय गुप्तचर संस्था ‘रअ’को प्रमुख सामन्त गोयलसँग रहस्यमय वार्ता गर्नु र हुँदाहुँदै नेपालको अर्को छिमेकी मुलुकलाई अनाहकमा मुछेर तथा नेपाललाई होच्याएर दुर्वचन बोल्ने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेलाई नेपालमा निम्ता गरेर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान दिने तयारी आपत्तिजनक छ ।’  

विज्ञप्तिमार्फत सहअस्तित्व अस्वीकार गर्ने हेपाहा प्रवृत्तिलाई सम्मान गर्नु भनेको स्वयं अपमानित भएको उल्लेख गर्दै नरभणेले बोलेको दुर्वचन फिर्ता नलिएसम्म नेपाल भ्रमण रद्द गर्न माग गरिएको छ । 

यसका साथै नेपाली सेनाको मानार्थ अध्यक्षको सम्मान दिने कार्य अन्त्य गर्न तथा भारतीय सेनामा नेपाली युवाहरूलाई लैजाने गोर्खा भर्ती केन्द्रसमेत सदाका लागि बन्द गर्न उनीहरूले माग गरेका छन् । 

भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयल आएको दुई साताभित्रै सेनाध्यक्ष नरभणे नेपाल आउँदै छन् ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार नरभणे १९ कात्तिकमा काठमाडौं आइपुग्ने छन् । उनलाई २० कात्तिकमा नेपाली सेनाको मानार्थ महारथीको रूपमा राष्ट्रपति विद्या भण्डारीले सुशोभित गर्ने कार्यक्रम छ । 

विज्ञप्ति जारी गर्ने प्रगतिशील लेखकरु :
१. निनु चापागाईं
२. प्रा. डा. जगदीश चन्द्र भण्डारी
३. रोशन जनकपुरी
४. इस्माली
५. आहुति
६. डा. कृष्णराज अधिकारी
७. नवीन विभास
८. प्र. डा. नन्दीश अधिकारी
९. हीरामणि दुःखी
१०. खेम थपलिया
११. निभा शाह
१२. कर्णबहादुर थापा
१३. कुमार थापा
१४. प्रा. श्रीधर अधिकारी
१५ .डा. रामप्रसाद ज्ञवाली
१६. लोकराज रेग्मी
१७. तक्मा केसी
१८. मोदनाथ मरहट्टा
१९. विष्णु भण्डारी
२०. बलराम तिमिल्सिना
२१. सङ्गीत स्रोता
२२. विनोदविक्रम केसी
२३. राजु स्याङ्तान
२४. डा. सुकुम शर्मा
२५. यादवराज उपाध्याय
२६. प्रा.डा. ताराकान्त पाण्डेय
२७. परशुराम कोइराला
२८. नुमराज बराल
२९. पोषराज पौडेल
३०. भीम रानाभाट
३१. सीता शर्मा
३२. गौरी दाहाल
३३. शोभा दुलाल
३४. राजेश बान्तवा
३५. डा. विदुर वस्ती
३६. प्रभात सापकोटा
३७. पूर्णबहादुर अधिकारी
३८. छायादत्त न्यौपाने
३९. देवेन्द्र लम्साल
४०. रविकिरण निर्जीव
४१. ईश्वरी ओझा
४२. अनिल श्रेष्ठ
४३. हुकुमबहादुर सिंह
४४. उमेश आचार्य
४५. कल्पना चिलुवाल
४६. कृष्णहरि भट्ट
४७. सूर्य भट्टराई 
४८. पञ्चकुमारी परियार
४९. विष्णु न्यौपाने
५०. वसन्त बोगटी
५१. असल पाख्रिन
५२. जय दाहाल
५३. इन्द्र राउत
५४. सुनिता बुढाथोकी
५५. चित्रनारायण थारू
५६. नारायण मरासिनी
५७. बन्दना ढकाल
५८. शीला योगी
५९. खगेश्वर भण्डारी
६०. प्रकाश खनाल
६१. कमल निओल
६२. राजेन्द्र पौडेल
६३. सिर्जना ढकाल
६४. इन्दिरा अधिकारी
६५. ईश्वरी गुरागाई
६६. विष्णु नेम्बाङ्
६७. खोमा तरामु मगर
६८. कला अनुरागी
६९. शकुन्तला जोशी
७०. विकास लुङ्गेली
७१. काजी गाउँले
७२. घनश्याम शर्मा पौडेल
७३. केदार श्रेष्ठ
७४. शैलज पौडेल
७५. प्रतिमा पोखरेल
७६. रेशम विरही
७७. गोपालबाबु मरहट्टा
७८. शरद पौडेल
७९. अर्जुन ढकाल
८०. राजेन्द्र घायल
८१. सुरज उपाध्याय
८२. कुशल बोगटी
८३. अशोक सुवेदी
८४. सरल माझी
८५. आरोह नेपाली
८६. लम्जेल सङ्घर्षशील
८७. मुक्तान थेबा
८८. अग्निराज पौडेल
८९. विमला चन्द
९०. ढुण्डीराज अधिकारी
९१. केशाङ लामा
९२. विजय पोखरेल
९३. मित्रलाल पंज्ञानी