मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक १७ सोमबार १०:४१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कृषकलाई प्रविधिमैत्री बनाउँदै नलगाड नगरपालिका

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १७ सोमबार १०:४१:००

नलगाड नगरपालिकाले नगरभित्रका कृषकहरूलाई विभिन्न औजार तथा उपकरण वितरण कार्य सुरु गरेको छ । कृषकलाई प्रविधिमैत्री बनाउने अभियानस्वरूप कृषि औजारहरू वितरण गरिएको नगरपालिकाले जनाएको छ । सबै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तुहरू बजारीकरण गर्ने लक्ष्य लिएको नगरपालिकाले अब आधुनिक उपकरण वितरण गरी उत्पादकत्व बढाउन प्राथमिकता दिएको हो ।

नगरपालिकाले ४ वटा हाते ट्याक्टर, ६ वटा थ्रेसर पाइडिल मेसिन, ७ वटा मकै छोडाउने मेसिन, ३० जना कृषकलाई बेमौसमी तरकारी बाली उत्पादनका लागि आवश्यक कृषि सामग्री उपलब्ध गराउन लागेको छ ।  

त्यस्तै, २० क्विन्टल गहुँको बिउ, ४५ क्विन्टल आलुको बिउ, ६ सय किट तरकारी बिउ वितरण गरिएको नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए । सबै वडामा माटो सुहाउँदो तथा उत्पादन दर हेरेर पकेट क्षेत्र बनाएको नगरले सोहीअनुसार कार्यक्रम सञ्चालन गरेको छ । पकेट क्षेत्रलाई व्यवस्थित गरेर काम अगाडि बढिरहेको नगरप्रवक्ता राममाया हमालले बताइन् ।  

त्यस्तै, भेरी नगरपालिकाले २० क्विन्टल गहुँको बिउ, ४ क्विन्टल मूल बिउ र ४ क्विन्टल प्रमाणित बिउ वितरण गरेको छ । नगरपालिकाले वडा नं. ३ को होलु, स्याला र वडा नं. ७ को पुन्मा गहुँको पकेट क्षेत्र र वडा नं. १ र १० मा गहुँको बिउ उत्पादनका लागि पकेट क्षेत्र बनाएर काम गरिरहेको छ । अन्य बिउ वडा नं. २, ११, १२, ८, ४ मा वितरण गरिएको छ । त्यस्तै, ५० प्रतिशत अनुदानमा तरकारीको बिउ वितरण गरिएको कृषि शाखाका यज्ञ अधिकारीले जानकारी दिए । 

भेरी नगरपालिकाले बिउ उत्पादनमा जोड दिएको समेत उनले बताए । त्यस्तै, विषादी प्रयोग बढी भएको ठाउँमा जैविक मल वितरण गर्न लागिएको छ । अर्गानिक उत्पादनलाई जोड दिने नगरको नीतिअनुसार फलफूल, ओखर, सुन्तला र कागतीका बिरुवा लगाउने अभियानसमेत रहेको छ ।