मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएनआई
२०७७ कार्तिक १६ आइतबार १५:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

अमेरिकामा कोरोना संक्रमणबाट दुई लाख ३० हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ कार्तिक १६ आइतबार १५:२२:००

कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्त राज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको छ । 

विश्व स्वास्थ्य संगठनले गत ११ मार्चमा कोरोना भाइरसलाई विश्वव्यापी महामारीका रूपमा घोषणा गरेको थियो । आइतबार अपराह्नसम्मको विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ६४ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १२ लाख नाघेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार अझै पनि करिब ८५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै गम्भीर छ । तीन करोड ३५ लाख संक्रमणमुक्त भइसकेको र एक करोड १६ लाख व्यक्तिमा सामान्य किसिमको संक्रमण देखिएको संगठनले जनाएको छ ।