१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ कार्तिक १६ आइतबार १३:३५:००
Read Time : < 1 मिनेट
विश्व

बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्वारा चार साता लकडाउन घोषणा

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १६ आइतबार १३:३५:००

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी चार साताका लागि देशभर लकडाउनको घोषणा गरेका छन् । उनले आगामी चार साता अर्थात् एक महिना बेलायतमा कोरोना संक्रमणको जोखिम अझै बढ्ने र यसलाई नियन्त्रण गर्न घरैमा बस्न सबैलाई आग्रहसहित लकडाउन घोषणा गरेका हुन् । लकडाउन कम्तीमा डिसेम्बरअघि नै सकिने उनले विश्वास दिलाएका छन् । 

शनिबार डाउनिङ स्ट्रिटमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले प्रकृतिको अघि विनम्र हुनुको विकल्प नरहेको बताएका थिए । यदि यस्तो कडा कदम नचाल्ने हो भने कोरोनाको पहिलो लहरमा भन्दा धेरै नागरिक गुमाउनुपर्ने उनले प्रस्टाए । उनले भने, ‘हामीसँग अरू कुनै विकल्प छैन । यसकारण कडा कदम चाल्नैपर्ने भयो ।’ 

उनले शिक्षा लिन र विशेष कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन् । आफैँलाई नोक्सान हुने काम कसैले पनि नगर्न उनले आग्रह गरेका छन् । उनले अघिल्लोपटकको भन्दा यसपटकको लकडाउन खुकुलो भएको पनि बताए । यसपटक मनोरञ्जन, पर्यटकीय होटेल, रेस्टुरेन्ट, बार, पब मात्रै बन्द रहनेछन् । रेस्टुरेन्टले पनि खाना प्याक गरेर सेवा दिन सक्नेछन् । घरबाहिर एकजनाले एकजनासँग मात्रै भेटघाट गर्न सक्नेछन् भने विद्यालय, विश्वविद्यालय खुला रहनेछन् ।