मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १५ शनिबार १३:०५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘उड्यो रे मेरो मन’ सार्वजनिक, अभिनय क्षेत्रमा जम्दै सागर र रोशनी

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १५ शनिबार १३:०५:००

गुल्मेली सागर थापा ‘ध्रुव’ र इलामकी रोशनी कार्कीले अभिनय गरेको आधुनिक गीत ‘उड्यो रे मेरो मन’को म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ। यो म्युजिक भिडियो नीराजन कँडेलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएका थापा र कार्कीले यो भिडियोले पनि सोहीअनुसार दर्शकबाट माया पाउने अपेक्षा लिएका छन् ।

यो म्युजिक भिडियो अनिल के मानन्धरको निर्देशनमा कालिञ्चाेकका विभिन्न स्थानमा छायांकन गरिएको छ । ‘उड्यो रे मेरो मन’ गीतमा प्रमोद कोइरालाको शब्द संगीत छ । गीतमा नीराजन कँडेल र प्रविसा अधिकारीले स्वर दिएका छन् ।

गुल्मेली सागर र इलामकी कार्की पछिल्लो समय अभिनयको क्षेत्रमा जम्दै गएका छन् । सानैदेखि गीत–संगीतका क्षेत्रमा रुचि राख्ने थापा र कार्कीले एकसाथ थुप्रै म्युजिक भिडियोहरूमा अभिनय गरिसकेका छन् । 

उनीहरूले थिएटरमा आधा दर्जन नाटकमा अभिनय गरेका छन् । सागरले ‘उड्यो रे मेरो मन’सँगै ‘बिस्तारै–बिस्तारै’, ‘प्रेम कहानी’, ‘सम्हाले मुटुलाई’, ‘जुनीभरि सँगै जिउँला’लगायतका आधुनिक गीतका म्युजिक भिडियोहरूमा अभिनय गरेका छन् । कार्कीले ‘मुसुक्क हाँस’, ‘धोका भो’, ‘झरी’, ‘हेर यो मुटुमा’लगायतका म्युजिक भिडियोमार्फत चर्चा कमाएकी छिन् ।

आफ्नो गीत–संगीत र अभियन क्षेत्र रुचिकाे विषय भएकाले दर्शकको मायासँगै आफूलाई अब्बल बनाउँदै लैजाने सागरले बताए ।