१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ कार्तिक १४ शुक्रबार १८:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झडपमा परेर मृत्यु भएका नेकपा नेता चौरसियाको आठ दिनपछि अन्त्येष्टि 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १४ शुक्रबार १८:३८:००

गत बिहीबार शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ । शुक्रबार साँझ ५ बजे चौरसियाको गाउँ विन्दवासनी गाउँपालिकाको बहुवर्वा घाटमा आठ दिनपछि अन्त्येष्टि भएको हो । 

उनको हत्यामा संग्लनलाई कारबाहीको जाहेरी प्रहरीले नलिएपछि मृतकको शव परिवारले बुझ्‍न अस्वीकार गर्दै आएका थिए । बिहीबार दिउँसो ३ बजे जिल्ला सरकारी वकिल कार्यालय पर्सामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा १२ जनामाथि जाहेरी दर्तासँगै शुक्रबार बिहान शव बुझेर पोस्टमार्टम भएको हो ।  

चौरसियाको पार्थिव शरीरमा नेकपाका नेता एवं पूर्वमन्त्री मातृका यादव, रामचन्द्र झा, प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, नेकपा केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापा, वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी, प्रदुमन चौहानलगायतका नेताले पार्टीको झण्डा ओढाएका थिए । 

अन्त्येष्टिमा नेकपा नेता–कार्यकर्तासहित सयौँको संख्यामा स्थानीयको उपस्थिति थियो । 

गत बिहीबार पर्साको विन्दवासनी गाउँपालिका– ५ प्रसौनी भाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा गत शुक्रबार मृत्यु भएको हो । बिहीबार दिउँसो १२ बजे विन्दवासनी गाउँपालिका शपथग्रहण कार्यक्रममा झडप हुँदा आठजना घाइते भएका थिए । जसमा ६ जना उपचार गरी घर फर्केका छन्। 

चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसियाको वीरगन्जको एलएस न्युरो अस्पतालमा गत शुक्रबार बिहान मृत्यु भएको हो ।