१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ कार्तिक १४ शुक्रबार १०:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुटपिट गरी युवकको हत्या, तीन पक्राउ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १४ शुक्रबार १०:०६:००

कैलालीको जानकी गाउँपालिका ५– मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरूको आक्रमणमा परी लम्कीचुहा नगरपालिका– ३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी– ५ मा युवा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगन्ज लगिएकोमा अस्पताल पुऱ्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका बताए । 

 तिमल्सिनाको हत्या गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चाैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।  घटना भएको ठाउँ जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सिमानामा पर्दछ ।

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेट्टाएको करिब रु. एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका हुन्। 

फेला परेको झोलाभित्र रु. ९९ हजार ६ सय ४० नगद, मोबाइल, एक जोर पाउजु र एटिएम कार्ड रहेको थियो । झोला टीकापुर नगरपालिका–१ ब्लक नं. १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । रासस