१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक १४ शुक्रबार ०९:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नगरप्रमुखसहित १२ जनामा कोरोना संक्रमण देखिएपछि दैलेख बजारमा स्वास्थ्य संकटकालको तयारी 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १४ शुक्रबार ०९:२८:००

केही समय पहिले सामान्य अवस्थामा रहेको दैलेखमा कोरोना संक्रमणको दर व्यापक बन्दै गएको छ ।  बिहीबार नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्कासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दैलेख सदरमुकामको अवस्था चिन्ताजनक बनेको छ ।

नारायण नगरपालिका– १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठसहित बुधबार र बिहीबार स्वाब संकलन गरिएका १७ जना सबैमा कोरोना संक्रमण पुष्टि भएपछि दैलेख सदरमुकाममा स्वास्थ्य संकटकालको तयारी भएको छ ।  

दैलेख सदरमुकामभित्र काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यापारी र होटेल व्यवसायीहरूमा कोरोना संक्रमण देखिएको छ । काठमाडौंबाट व्यापार–व्यवसायसँगै कोरोना गाउँसम्म पुगेको अनुमान जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको छ । 

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले मानिसको स्वास्थ्य पहिलो कुरा भएकोले दसैँसँगै कात्तिक १५ गतेसम्म आवतजावतमा कडाइ गरिएको भए पनि संक्रमण झनै फैलिन सक्ने सम्भावना बढेकोले दैलेख सदरमुकाममा स्वास्थ्य संकटकाल लगाउनेबारेमा बिहीबार छलफल गरिएको बताए ।  

दैलेख सदरमुकामभित्रै सक्रिय संक्रमितहरूको संख्या दुई सय बढी पुगेको छ । ज्येष्ठ नागरिक, युवा, युवती र महिलामा संक्रमण देखिएको छ । जिल्लाका संक्रमित पाँचजनाको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि सुर्खेत र नेपालगन्ज लगिएको छ ।  

नेपालगन्ज पुगेका दैलेखका संक्रमितमा निमोनियालगायतका लक्षणहरूसमेत देखिएपछि अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।