१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएनआई
२०७७ कार्तिक १३ बिहीबार १४:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजार र अर्जेन्टिनामा ३० हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ कार्तिक १३ बिहीबार १४:०४:००

मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा चार सय ९५ जना संक्रमितको ज्यान गएको छ । 

मन्त्रालयका प्रवक्ता लुइज अलोमियाले मेक्सिकोमा हालसम्म नौ लाख ६ हजार व्यक्ति संक्रमित भइसकेको र संंक्रमितमध्ये ९० हजार तीन सय नौजनाको मृत्यु भएको जानकारी दिए । उनले पछिल्लो २४ घन्टामा पाँच हजार पाँच सय ९५ जना नयाँ संक्रमित थपिएको पनि जानकारी दिए । 

यसैबीच, दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

मन्त्रालयका अनुसार अर्जेन्टिनामा हालसम्म ११ लाख ३० हजार पाँच सय ३३ जना संक्रमित भएकामा नौ लाख ३१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । अर्जेन्टिनाको सबैभन्दा ठूलो सहर ब्युनर्सआयर्समा मात्र पाँच लाख ४० हजार व्यक्तिमा संक्रमण देखिएको छ । 

मन्त्रालयले कोरोना भाइरसका कारण गम्भीर स्वास्थ्य अवस्था रहेका पाँच हजार व्यक्तिको हाल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको जनाएको छ । अर्जेन्टिनामा गत ३ मार्चमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । 

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर चार करोड ४३ लाखभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् भने ११ लाख ७० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।