१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक १३ बिहीबार १०:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारामा स्थानीय र प्रहरीबीच झडप, तीन प्रहरीसहित एक बालक घाइते 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १३ बिहीबार १०:२३:००

बारामा बुधबार राति प्रहरी र स्थानीयबीच झडप हुँदा तीनजना प्रहरीसहित एक बालक घाइते भएका छन् । बालकको अवस्था भने गम्भीर रहेको छ ।  बाराको सीमावर्ती क्षेत्र कवही गोठमा रहेको इलाका प्रहरी कार्यालयले भन्सार छली ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरी र स्थानीयबीच झडप भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते बालक रञ्जन यादवलाई उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले स्थिति नियन्त्रणमा लिन  १२ राउन्ड हवाई फायर गरेको बाराका प्रहरी प्रमुख कृष्ण पँगेनीले जानकारी दिए । झडपमा प्रहरी नायव निरीक्षकसहित तीनजना प्रहरी घाइते भएका हुन् । 

सीमा बन्द रहेको अवस्थामा चोरी पैठारी गरी भारतबाट नेपालतर्फ तीनवटा मोटरसाइकलमा ल्याउँदै गरेको प्याज प्रहरीले नियन्त्रणमा लिएका थिए ।  उक्त प्याज लिन पुगेको प्रहरीको भ्यानसमेत स्थानीयले तोडफोड गरेका छन् ।