१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७७ कार्तिक १२ बुधबार १५:१०:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रियल म्याड्रिड लज्जास्पद हारबाट बच्यो

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक १२ बुधबार १५:१०:००

६ मिनेटको अन्तरमा दुई गोल गरेपछि रियल म्याड्रिड मंगलबार राति युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा लज्जास्पद हारबाट बचेको छ ।

समूह ‘बी’को समूह चरणमा रियलले जर्मन क्लब बोरुसिया मोन्चेन्ग्लावचविरुद्ध प्रतिस्पर्धा गरेको थियो । खेलको ८७औँ मिनेटसम्म रियल ०–२ ले पछि थियो । सर्वाधिक १३ पटकको च्याम्पियन्स लिग विजेता रियलले ८७औँ तथा अन्तिम इन्जुरी समयमा गोल फर्काउँदै खेल बराबरीमा सकाउन सफल भयो । 

नाटकीय बराबरी खेलमा रियलका लागि करिम बेन्जिमा तथा कासेमिरोले गोल गरेका थिए । जर्मन क्लब मोन्चेन्ग्लावचबाट दुवै गोल मार्कोस थुरामले गरे ।

मोन्चेन्ग्लावच इतिहासमै तेस्रोपटक च्याम्पियन्स लिगमा सहभागी भएको जर्मन क्लब हो । युरोपकै शक्तिशाली तथा अनुभवी क्लबविरुद्ध जर्मन क्लब मोन्चेन्ग्लावचले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । गत साता पनि इन्टरमिलानलाई मोन्चेन्ग्लावचले २–२ को बराबरीमा रोकेको थियो । 

रियलले समूहमा दुई खेलबाट एक अंक जोडेको छ । युक्रेनको शाख्तर डोनेटस्क शीर्ष स्थानमा छ । शाख्तरले समूहको पहिलो खेलमै रियललाई ३–२ ले हराएको थियो । बराबरी नतिजापछि रियलका प्रशिक्षक जिनेदिन जिदान त्यति खुसी देखिएनन् । 

‘मेरो नजरमा यो नतिजा राम्रो होइन, यद्यपि हामी लगातार दुई हारबाट उम्कियौँ, तर रियलको वास्तविक यो खेल होइन,’ जिदानले भने, ‘पछिल्लो केही खेलमा हाम्रो प्रदर्शन त्यति राम्रो छैन ।’ जिदानले आउने खेलमा व्यापक सुधार हुनुपर्ने बताएका छन् । 

मंगलबार राति पराजित हुँदा इतिहासमै पहिलोपटक रियल च्याम्पियन्स लिगमा लगातार चार खेलमा हारको सामना गर्नुपर्ने हुन्थ्यो । गत वर्षको नकआउट चरणमा रियल म्यानचेस्टर सिटीसँग दुवै लेगमा पराजित भएको थियो । 

गत शनिबार नाउ क्याम्पमा भएको एल क्लासिकोमा रियलले बार्सिलोनामाथि ३–१ को सनसनी नतिजा निकालेको थियो । यस नजितासँगै रियलका खेलाडी हौसिएका थिए । समूह ‘बी’मा शाख्तर र इन्टरबीच गोलरहितको बराबरी भयो । 
यसैगरी अर्को खेलमा साबिक विजेता बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई २–१ ले पाखा लगाएको छ । जर्मन क्लब म्युनिखले च्याम्पियन्स लिगमा लगातार १३ खेलमा जित निकालेको छ । बायर्नलाई १३औँ मिनेटमा लियोनले १–० को अग्रता दिलाएका थिए ।

खेलको ७०औँ मिनेटमा मस्कोले १–१ को बराबरी गोल फर्काएको थियो । रसियन क्लब मस्कोका लागि एन्टोनले बराबरी गोल गरेका हुन् । खेलको ७९औँ मिनेटमा जोअुसाले बायर्नलाई २–१ को जित दिलाए । 

समूह ‘ए’मा बायर्न शीर्ष स्थानमा छ । अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले साल्जबर्गलाई ३–२ ले हरायो । यसैगरी समूह ‘सी’मा इंग्लिस क्लब म्यानचेस्टर सिटीले मार्सेलीलाई ३–० को फराकिलो अन्तरले हराएको छ । लगातार दुई जितका साथ सिटी समूहको शीर्ष स्थानमा छ ।

यसैगरी समूह ‘डी’मा लिभरपुलले एफसी मिडयाल्डलाई २–० ले पराजित गरेको छ ।