मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १२ बुधबार ११:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कारको ठक्करबाट वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १२ बुधबार ११:११:००

पूर्व-पश्चिम राजमार्गअन्तर्गत  सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको  घटनास्थलमै मृत्यु भएको छ  ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप  नगरपालिका– २ बरमझिया निवासी ७५ वर्षीय तिलक सुरेत  रहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायव  उपरीक्षक नरेशकुमार सिंहले जानकारी  दिए । 

पूर्वबाट  पश्चिम जाँदै गरेको बा.१८च ७७३४ नम्बरको कारले  बाटो काट्ने क्रममा तिलकलाई ठक्कर  दिएको  थियो  । सो ठक्करबाट  उनको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ  ।

ठक्कर  दिएर भाग्न खाजेकाे कारलाई प्रहरी चौकी मोहलीले  नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।